यवः (पुंलिङ्ग)
अर्थ−
१. जौ अन्न,
२. आठ सर्स्यूँ बराबरको तौलविशेष,
३. बाह्र सर्स्यूँ बराबरको तौलविशेष,
४. संस्कार-दीपकअनुसार छ सर्स्यूँ बराबरको तौलविशेष,
५, लम्बाइको एक नाम, जुन एक जौ वा एक वटा तीन इन्च बराबरको मानिन्छ,
६. जौको छाँटको दुईतिर झिनो तर बीचमा मोटो भएको वस्तु,
७, वेग/ फूर्ति,
८. ‘सामुद्रिकशास्त्र’अनुसार हातको औँठोमा हुने जौको आकारको रेखा, जुन शुभ मानिन्छ ।