संस्कृत-शब्दकोशः

युक्तिसङ्गत युगकीलक

युग

युग (विशेषण)


अर्थ−
गन्तीमा दुईवटा ।


युगम् (नपुंसकलिङ्ग)


अर्थ−
१. गोरु नार्दा काँधमा हालिने/जुवा,
२. जोडा,
३. ऋद्धि र सिद्धि नामका दुई ओखती,
४. पुस्ता/पीढी/ वंश,
५. पासाको खेलमा एकै साथ चलाइने दुई गोटी/जुग,
६. चारको सङ्ख्यालाई सङ्केत गर्ने शब्द,
७. पुराणअनुसार कालको लामो अवधि वा समय, जसलाई सत्य, त्रेता, द्वापर र कलि भनिन्छ ।

“चत्वार्याहुः सहस्राणि वर्षाणां तु कृतं युगम् ।। तस्य तावच्छती सन्ध्या द्विगुणा जनमेजय ।। त्रीणि वर्षसहस्राणि त्रेतायुगमिहोच्यते ।। तस्य तावच्छती सन्ध्या द्विगुणा परिकीर्तिता ।। द्वापरं द्वे सहस्त्रे तु वर्षाणां कुरुसत्तम ।। तस्य तावच्छती सन्ध्या द्विगुणा परिकीर्तिता ।। तथा वर्षसहस्रं तु वर्षाणां द्वे शते तथा ।। सन्ध्यया सह सङ्ख्यातं क्रूरं कलियुगं स्मृतम् ।।” दिव्य चतुर्युग = १२००० x ३६० = ४३२००००, मानुष चतुर्युग,
८. इतिहासको कुनै यस्तो ठुलो कालमान, जसमा बराबर एकै किसिमको काम घटना आदि भइ नै रहन्छ ।



Correction: