योगमुद्रा (स्त्रीलिङ्ग)
अर्थ−
चोरी र कान्छी औँलालाई केही दोब्य्राएर हत्केलाको बीचमा नङ देखापर्ने गरी घोप्टो पारेर बाँकी चार औँलाहरू माझी तथा साहिँलीको पीठमा राखी दुवै औँठा ठाडो पार्दा योगमुद्रा हुन जान्छ (यो दुवै हातद्वारा बनाउनु पर्छ) ।
“तर्जन्यौ कुञ्चिते कृत्वा तथैव च कनीयसी । अधोमुखी दृष्टनखा स्थिता मध्ये करस्य तु ।। चतस्रश्चोत्थिता पृष्ठे अङ्गुष्ठावेकतः कुरु ।। नालं व्यवस्थितौ द्वौ तु योगमुद्रा प्रकीर्तिता ।।” (मुद्राप्रकाश) ।