यौगिकशब्दः (पुंलिङ्ग)
अर्थ−
१. अट्ठाइस मात्राको एक छन्द,
२. शब्दका तीन भेदमध्ये एक जसमा खालि प्रकृति प्रत्ययको योगबाट अर्थबोध हुन्छ । जस्तै –‘पाचकः (पचतीति पाचकः)’ यो विग्रहमा पकाउने काम गर्ने भन्ने अर्थ बुझिँदा पाचक शब्द यौगिक भयो । यौगिक शब्दका तीन भेद छन् - शुद्धयौगिक, यौगिकमूलयौगिक र सम्भिन्नयौगिक ।