रमणः (पुंलिङ्ग)
अर्थ−
१. पति/प्रेमी,
२. कामदेव,
३. गधा,
४. अण्डकोश,
५. सूर्यको सारथि,
६. प्रत्येक चरणमा तीन - तीन अक्षर हुने एक वर्णवृत्त,
७. पर्वते नीम ।
रमण (विशेषण)
अर्थ−
१. राम्रो,
२. प्यारो,
३. आनन्द दिने,
४. विलास वा खेलबाड गर्ने,
५. रमिते ।
रमणम् (नपुंसकलिङ्ग)
अर्थ−
१. खेलबाड ,
२. प्रेम,
३. सम्भोग,
४. आनन्द,
५. रमिता,
६. रमाउनु,
७. कमर ।