रसः (पुंलिङ्ग)
अर्थ−
१. पारो,
२. बोल/हीराबोल,
३. परमात्मा,
४. कुनै वस्तुको (पन्यालो) सार भाग जसको जिभ्रोद्वारा स्वाद लिइन्छ । यस्तो रस छ प्रकारको हुन्छ - गुलियो (मधुर), अमिलो (अम्ल), नुनिलो (लवण), खाँदा जिभ्रो र ओठ पोल्ने (कटु), पिरो वा तीतो (तिक्त) र टर्रो (कषाय),
५. छको सङ्ख्या,
६. शरीरमा रहने सात थरी धातुहरू - रगत, पित्त, बोसो, मासु, मासी, हाड र वीर्य,
७. विष,
८. रूख, पात, जरो, फल, फूल वा लहरो आदिबाट निस्कने पन्यालो वस्तु,
९. कुनै पनि पन्यालो वस्तु,
१०. कुनै चिजको सार भाग,
११. पानी,
१२. कुनै विषयको आनन्द वा मजा,
१३. गुण,
१४. जोस / उमङ्ग,
१५. नौको सङ्ख्या,
१६. प्रेम / प्यार,
१७. अर्थ,
१८. रक्सी,
१९. स्वाद,
२०. चटनी (अचार),
२१. मिठो चिज,
२२. कामक्रीडा/सम्भोग,
२३. सौन्दर्य,
२४. भावना,
२५. कुनै चिजको गुदी,
२६. वीर्य,
२७. कुनै चिज पकाउँदा निस्केको पन्यालो (सार) वस्तु,
२८. सर्बत,
२९. रूख लहरो आदिको चोप वा दूध,
३०. हात्ती घोडालाई हुने रोगविशेष,
३१. शिलाजित,
३२. हिङ्गुल,
३३. पारो वा सुन चाँदी आदि धातुलाई जरीबुटीको रसमा पकाएर बनाएको ओखतीविशेष/ रसादि ओखती,
३४. उपनिषद्अनुसार आनन्द स्वरूप परमेश्वर,
३५. ‘छन्दःशास्त्र’मा रगण तथा सगण,
३६. मनको तरङ्ग,
३७. एक प्रकारको भेडो,
३८. ‘साहित्यशास्त्र’मा वर्णित आनन्द गराउने चित्तवृत्ति वा अनुभव । यो विभाव, अनुभाव तथा सञ्चारिभावबाट युक्त कुनै स्थायी भावबाट प्रकट हुन जान्छ । साहित्यमा रसका मुख्य स्थायी भाव नौ छन् - रति, हास, शोक, क्रोध, उत्साह, भय, जुगुप्सा, विस्मय र निर्वेद । स्थायी भावका आधारमा रस नौ प्रकारका छन - शृङ्गार, हास्य, करुण, रौद्र, वीर, भयानक, बीभत्स, अद्भुत र शान्त । ‘साहित्य दर्पण’मा वात्सल्यलाई पनि रस मानेर रसको सङ्ख्या दश पुऱ्याइएको छ । रुद्रट नामका विद्वान्
हेरौँ- रस् धातु
हेरौँ- रस् धातु