राक्षसः (पुंलिङ्ग)
अर्थ−
१. पुलस्त्य ऋषिका सन्तान एक जाति । यी ठाडो कपाल, रातो आँखा, तीखो कान, कालो दाह्रो, चुच्चो थुतुनो भएका र हाड, नसा र छाला मात्रको स्वरूप लिएका हुन्छन्,
२. राक्षस विवाह,
३. कुबेरको ढुकुटीको रक्षक,
४. कुनै पनि दुष्ट प्राणी,
५. साठी संवत्सरहरूमध्ये उनन्चासौँ संवत्सर,
६. ज्योतिषको एक योग ।
राक्षस (विशेषण)
अर्थ−
राक्षसजातिसम्बन्धी वा राक्षस जातिको स्वभावको ।