संस्कृत-शब्दकोशः

राख् रागखाण्डव

राग

रागः (पुंलिङ्ग)


निष्पत्ति− रञ्ज (रागे) - "घञ्" (३-३-१८)
प्रयोग− "रागं दर्शयते सैषा वयस्याः सूनृतामृतैः । मम त्वमिति वक्तुं मां मैनिनी मानिनी पुनः ॥"
उल्लेख− नैष० २०-३३

अर्थ−
१. सुखको आसक्तिले कर्तव्यपथबाट विमुख हुन जाँदा हुने क्लेश, ‘सुखानुशयी रागः’ (पातञ्जलयोगसूत्र),
२. रङ्ग,
३. रातो रङ्ग,
४. लाहाको रङ्ग,
५. प्रेम,
६. भाव,
७. रस,
८. हर्ष,
९. रिस,
१०. सौन्दर्य,
११. दुःख,
१२. डाह,
१३. लालच,
१४. मैथुनसम्बन्धी,
१५. ईर्ष्या/द्वेष,
१६. मोह,
१७. मन प्रसन्न पार्ने क्रिया,
१८. राजा,
१९. सूर्य,
२०. चन्द्रमा,
२१. बुकुवा/ अङ्गराग,
२२. सधवाले हात गोडामा लगाउने माहुर २३, सङ्गीतमा स्वर तथा गीतको आरोह अवरोह गरी गाउने तरिका वा विशेष प्रकारको क्रम अथवा निश्चित नियम भएको गीतको ढाँचा । जसका मुख्य छ भेद छन्, तथा प्रत्येक रागका तीन वा नौ जाति मानिन्छन्, । छ रागहरू - भैरव, कौशिक, हिन्दोल, दीपक, श्रीराग र मेघ राग । जातिहरू- सम्पूर्ण जाति = सातै स्वरको प्रयोग हुने, जस्तै - रागविलावल । षाडव जाति = छ स्वरको मात्र प्रयोग हुने । जस्तै = वागीश्वरी । औडव जाति = पाँच स्वरको मात्र प्रयोग हुने, जस्तै= मालकोस, भूपाली ।



Correction: