रागिणी (स्त्रीलिङ्ग)
अर्थ−
१. व्यभिचारिणी/पातर्नी,
२. मेनाकी जेठी छोरी,
३. जय श्री नामकी लक्ष्मी,
४. सङ्गीतमा वर्णित रागका पत्नीहरू- १) ‘भैरवरागका पत्नीहरू’ - भैरवी, बराटी, मधुमाधवी, सैन्धवी र बङ्गाली,
२) ‘कौशिकराग (मालकोस)का पत्नीहरू’- तोडी, गौरी, गणकली, खम्बावती र ककुभ,
३) ‘हिन्दोलरागका पत्नीहरू’- रामकली, देशाली, ललित, विलावट र पटमञ्जरी,
४) ‘दीपकरागका पत्नीहरू’- देशी, कुमुदिनी, नटी, केदारा र कान्धरा,
५) ‘श्रीरागका पत्नीहरू’- मालश्री, आशावरी, धनाश्री, वसन्त, र मारु,
६) ‘मेघारागका पत्नीहरू’ - टङ्क, मल्लार, गुर्जरी, भूपाली र देशकारी ।