रावणः (पुंलिङ्ग)
अर्थ−
१. तिदु रूख/तेंदु,
२. विश्रवाऋषिले कैकसीको गर्भबाट जन्माइएका दुई राक्षस, दाजु हजार टाउकाको र भाइ दश टाउकोका थिए, दश टाउकेको वाल्मीकि रामायण आदिमा र हजार टाउकेको अद्भुत रामायणमा वर्णन छ । हजार टाउके रावण पुष्करद्वीपमा बस्थ्यो तर रामायणअनुसार सीतालाई हरेर लैजाने राक्षसहरूको राजा, दश टाउका बीस हात भएको कालो वर्णको प्रसिद्ध एक राक्षस । यिनका बाजेको नाम पुलस्त्य ऋषि, बज्यै राजर्षि तृण बिन्दुकी छोरी, बाबुको नाम विश्रवा, आमाको नाम कैकसी, सौताने दाज्युको नाम कुबेर, सहोदर भाइको नाम कुम्भकर्ण र विभीषण, बहिनीको नाम शूर्पणखा, पत्नीको नाम मन्दोदरी, छोराहरूको नाम मेघनाद, अक्षयकुमार आदि थियो । महाभारतअनुसार रावणकी आमाको नाम पुष्पोत्कटा, विभीषणकी आमा मालिनी र शूर्पणखाकी आमा राका भन्ने छ, जसलाई रामचन्द्रले मार्नुभयो । मन्दोदरी मय दानवकी छोरी थिइन् ।
“मुनेर्विश्रवसः पत्नी साऽसूत रावणद्वयम् ।। एकः सहस्रवदनो द्वितीयो दशवकक्त्रकः ।। जन्मकाले सुरैरुक्तमाकाशे रावणद्वयम् ।। (अद्भुतरामायणे) कन्यया त्वेवमुक्तस्तु विश्रवा मुनिपुङ्गवः ।। उवाच कैकसीं भूयः .......।। दशग्रीवः प्रसूतोऽयं ... ।। तस्य त्वनन्तरं जातः कुम्भकर्णो महाबलः ।। .... ।। ततः शूर्पणखा नाम संजज्ञे विकृतानना ।। विभीषणश्च धर्मात्मा कैकस्याः पश्चिमः सुतः ।।” (वाल्मीकिरामायण, उत्तरकाण्ड) ।
“पुष्पोत्कटायां जज्ञाते द्वौ पुत्रौ राक्षसेश्वरौ ।। कुम्भकर्णदशग्रीवौ बलेनाप्रतिमौ भुवि ।। मालिनी जनयामास पुत्रमेकं विभीषणम् ।। राकायां मिथुनं जज्ञे खरः शूर्पणखा तथा ।।” (महाभारत, वनपर्व)
रावण (विशेषण)
अर्थ−
१. रुने वा चिच्याउने,
२. आवाज गर्ने,
३. अरूलाई रुने गराउने ।