संस्कृत-शब्दकोशः

रीण रीतिक

रीति

रीतिः (स्त्रीलिङ्ग)


निष्पत्ति− रीङ् (प्रस्रवणे) - "क्तिच्" (३-३-१७४)
व्युत्पत्ति− रीयते
विस्तार− "रीतिः स्त्रियामारकूटः" - अम०

अर्थ−
१. कुनै काम कुरा गर्ने तरीका वा काइदा,
२. रिवाज/चलन,
३. नियम,
४. खिया (फलाम आदि धातुको खिया वा कस),
५. पित्तल,
६. नदी,
७. तताएको सुनको मयल,
८. सिसा,
९. गति,
१०. रेखा / धर्को,
११. शैली,
१२. स्वभाव,
१३, प्रशंसा/तारिफ,
१४. काव्यमा रस भाव विषयलाई ध्यान राखी गरिने पदसङ्घटना । यसका मुख्य चार भेद छन् - वैदर्भी, गौडी, पाञ्चाली र लाटी । ‘पदसङ्घटना रीतिरङ्गसंस्थाविशेषवत् ।’ वामनाचार्यले वैदर्भी, गौडी र पाञ्चाली रीति मानेका छन् । रुद्रटले लाटी रीतिसहित चार रीति र भोजराजले आवन्ती र मागधी समेत छ रीति मानेका छन् ।



Correction: