संस्कृत-शब्दकोशः

रुमा रुरुक्ष

रुरु

रुरुः (पुंलिङ्ग)


निष्पत्ति− रु (शब्दे) - "क्रुन्" (उ० ४-१०३)
व्युत्पत्ति− रौति
प्रयोग− "तुरगवल्गनचञ्चलकुण्डलो विरुरुचे रुरुचेष्टितभूमिषु"
उल्लेख− रघु० ९-५१

अर्थ−
१. दैत्यविशेष,
२. जन्तुविशेष,
३. च्यवन ऋषिका नाति,
४. विश्वेदेवा अन्तर्गत देवताहरूको एक गण,
५. अष्टभैरवमध्येका रुरुनाथभैरव,
६. सावर्णि मनुका सप्तर्षिमध्ये एक ऋषि,
७. भैरवराग,
८. रूखविशेष,
९. एक मृग, जसको रङ्गका विषयमा विभिन्न मत छन् – ‘पशुप्रबन्ध’ ग्रन्थमा

“पीठमा रातो, सेतो र कालो भएको मृग” छ । ‘वा.ने.को.मा.’

“छोटो हाँगाबिंगाको सीङ र छोटो पुच्छर हुने, खैरो रङ्गको प्रायः जलाशयको नजिकमा देखिने एक जातको मृग” भनिएको छ । ‘स्मृतितत्त्वमा’ सेतो मृग भनिएको छ । ‘संस्कारदीपकमा’ चित्तल भनिएको छ । ‘याज्ञवल्क्यस्मृति’को मिताक्षरा टीकामा साँभर मृगलाई लिइएको छ । ‘रुरुः गौरमृगः’ (स्मृ.त.प्र.भा.) । ‘रुरुश्चित्र इति प्रसिद्धस्तस्याजिनं राजन्यस्य क्षत्रियस्योत्तरीयं भवति’ (संस्कारदीपक,.द्वितीयभाग) । ‘रुरुः शम्बरस्तत्प्रभवं रौरवम्, एणरौरववाराहः’ (याज्ञवल्क्यस्मृति, मिताक्षराटीका) ।



Correction: