रोगः (पुंलिङ्ग)
निष्पत्ति− रुजो (भङ्गे) - "घञ्" (३-३-१६)
व्युत्पत्ति− रुजति
प्रयोग− "इति नरपतिरस्त्रं यद्यदाविश्चकार प्रकुपित इव रोगः क्षिप्रकारी विकारम्"
उल्लेख− माघ० २०-७६
अर्थ−
कफ वा वात पित्त आदिको घटबढले शरीरलाई गाल्ने, कमजोर पार्ने, बेचैन आदि गराउने शरीरसम्बन्धी विकार । आयुर्वेदअनुसार कर्म प्रकोपबाट कायिक औ मानसिक रोग हुन्छन् ।
१. ‘कर्मप्रकोप रोग’- अरूकी स्त्री, धन धितो, गुरुपत्नी हर्नाले वा ब्राह्मणको वध गर्नाले हुने रोग । यो ओखती सेवनबाट ठीक हुँदैन । तर दान, दया, ब्राह्मण, देवता र गाईको सेवा, गुरुको आज्ञापालन, नम्रताबाट वा जपतप गर्नाले पूर्व जन्मको सञ्चित कर्मबाट उत्पन्न हुने रोग निको हुन्छ । कर्मप्रकोपको लक्षण-
“दुष्टामयःपरकलत्रधनर्णहार-गुर्वङ्गनागमनविप्रवधादिभिर्वा ।।
दुष्कर्मभिस्तनुभृतामिह कर्मजास्ते नोपक्रमेण भिषजामुपयान्ति सिद्धिम् ।।”
२. ‘दोषप्रकोप रोग’ - कफ/वातादि दोषको आफ्नै कारणले कुपित हुँदै यताउति बराबर चल्न जाँदा हुने रोग । दोषप्रकोपको लक्षण -
“स्वर्हेतुदुष्टैरनिलादिदोषैरवप्लुतैः स्वेषु मुहुश्चलद्भिः ।।
भवन्ति ये शस्त्रभृतां विकारास्ते दोषजा भेषजसिद्धिसाध्याः ।।”
३. ‘कर्मदोषप्रकोप रोग’- दानादिकर्म र ओखती दुवै गर्दा कर्म दोषहरू क्षीण हुँदै गएर सन्चो लाग्ने रोग,
१) आइमाईले हात गोडामा लगाउने माहुर,
२) शारीरिक या मानसिक रोग । कर्मदोषप्रकोपको लक्षण -
“दानादिभिः कर्मभिरोषधीभिः कर्मक्षये दोषपरिक्षयाद्यत् ।।
सिद्ध्यन्ति ये यत्नवतां कथञ्चित् ते कर्मदोषप्रभवा विकाराः ।।” (शार्ङ्गधरसंहिता) ।