संस्कृत-शब्दकोशः

लक्ष लक्षण

लक्षक

लक्षकः (पुंलिङ्ग)


निष्पत्ति− लक्ष (दर्शनाङ्कनयोः) - "ण्वुल्" (३-१-१३३)
व्युत्पत्ति− लक्षयति

अर्थ−
लक्षणा शक्तिबाट लक्ष्य अर्थ बुझाउने शब्द । यस शब्दबाट मुख्य अर्थ बाधित भएपछि रूढि अथवा प्रयोजनवश मुख्य अर्थसँग सम्बन्धित अर्को अर्थ बुझिन्छ । जस्तै - ‘वाग्मतीमा गोठ छ’ भन्दा वाग्मतीमा गोठको अस्तित्व सम्भव नहुने हुँदा मुख्य अर्थमा बाधा परेको छ । त्यसैले यहाँ वाग्मती शब्दको अर्थ तीर भन्ने हुन्छ । यहाँ लक्षणा गर्नुको मुख्य प्रयोजन पवित्र अथवा चिसो ठाउँ भन्ने छ । जलप्रवाह (मुख्य अर्थ) र तीर (लक्ष्य अर्थ) को सम्बन्ध सामीप्य अर्थात् निकटता छ ।


लक्षक (विशेषण)


अर्थ−
भनेर, देखाएर वा चिहाएर जनाउ दिने ।


लक्षकम् (नपुंसकलिङ्ग)


अर्थ−
एक लाख ।



Correction: