संस्कृत-शब्दकोशः

लक्षक लक्षणगीत

लक्षण

लक्षणः (पुंलिङ्ग)


विस्तार− "लक्षणस्तु सौमित्रौ लक्ष्मणो यथा" - हेम०

अर्थ−
सारस चरो । ‘लक्षणश्चैव सारसे’ (अमरमाला) ।


लक्षणम् (नपुंसकलिङ्ग)


अर्थ−
१. कुनै वस्तुको त्यो विशेषता, जसद्वारा त्यसलाई जान्न वा चिन्न सकिन्छ,
२. रोगको रूप,
३. नाम,
४. परिभाषा,
५. शरीरको कुनै शुभ-अशुभ चिह्न,
६. चालामाला/ रङ्गढङ्ग,
७. शरीरमा हुने (जन्मको) कालो वा नीलो दाग,
८. बहाना,
९. विषय/प्रसङ्ग,
१०. कारण,
११. काम / क्रिया,
१२. किसिम / प्रकार,
१३. कर वा महसुल,
१४. उद्देश्य,
१५. श्रेष्ठपन,
१६. साहित्य वा सङ्गीतका मर्मलाई बुझाउने रूप । साहित्य (चन्द्रालोक)मा दश र सङ्गीत (भरतको नाट्यशास्त्र) मा छत्तीस लक्षणका भेद मानिएका छन् । ‘साहित्यका दश लक्षणहरू’- अक्षरसंहति, शोभा, अभिमान, हेतु, प्रतिषेध, निरुक्त, मिथ्याध्यवसाय, सिद्धि, युक्ति र कार्य । ‘सङ्गीतका ३६ लक्षणहरू’ - विभूषण, अक्षरसङ्गति, शोभा, अभिमान, गुणकीर्तन, प्रोत्साहन, उदाहरण, निरुक्त, गुणानुवाद, अतिशय, हेतु, सारूप्य, मिथ्याध्यवसाय, सिद्धि, पदोच्चय, आक्रन्द, मनोरथ, आख्यान, वाद, प्रतिषेध, पृच्छादृष्टाङ्ग, निर्भासन, संशय, आशी, प्रिय, कपट, क्षमा, प्राप्ति, पश्चात्तपन, अर्थानुवृत्ति, उपवृत्ति, युक्ति, कार्य, नीति र परिवेदन ।



Correction: