संस्कृत-शब्दकोशः

लक्ष्मीसहोदर लक्ष्यक्रम

लक्ष्य

लक्ष्यम् (नपुंसकलिङ्ग)


निष्पत्ति− लक्ष (आलोचने) - "अच्" (३-१-१३४)
व्युत्पत्ति− लक्ष्यते
प्रयोग− "उत्कर्षः स च धन्विनां यदिषवः सिध्यन्ति लक्ष्ये चले"
उल्लेख− शाकु० २-५

अर्थ−
१, त्यो वस्तु जसमा कुनै चिनु लगाइन्छ,
२. त्यो चिज जसलाई कुनै उद्देश्यको दृष्टिले राखिन्छ,
३. त्यो जसलाई कुनै आक्षेप लगाइन्छ,
४. त्यो कुरा जसको अनुमान गरिन्छ,
५. त्यस्तो अर्थ जुन कुनै शब्दको लक्षणा शक्तिद्वारा निकालिन्छ,
६. लक्षण भएको वस्तु,
७. अस्त्रहरूको एक प्रकारको संहार,
८. लक्षणा शक्तिबाट बुझिने अर्थ/गौण अर्थ,
९. निशाना/ तारो,
१०. चिह्न,
११. बहाना,
१२. एक लाखको सङ्ख्या ।


लक्ष्य (विशेषण)


अर्थ−
१. देखिन जाने,
२. हेर्न योग्य/दर्शनीय,
३. चिनिन जाने,
४. जान्न लायक,
५. चिनु लगाइएको,
६. विचार गर्न योग्य,
७. घुमाई घुमाई बताउन योग्य ।



Correction: