लताकस्तूरिका (स्त्रीलिङ्ग)
अर्थ−
करिब दुई - तीन हात अग्लो एक पाथ्रो । यसको तीनदेखि पाँचवटा चुच्चाचुच्ची भएको, झुस हुने, राम तोरियाँको जस्तो पात हुन्छ । तीन - चार अङ्गुल लामो, रामतोरियाको जस्तो (तर बाङ्गो र बलियो भेट्नो हुने) फूल हुन्छ । यसको रामतोरियाँकोझैँ झुस हने फल लाग्छ । त्यसको कालो रङ्गको चेप्टो र बाटुलो, कस्तूरीको बास्ना आउने चिल्लो किसिमको गुदी भएको बियाँ हुन्छ ।