लताकरञ्जः (पुंलिङ्ग)
अर्थ−
मझौला खालको रूख हुने डाँठको दुवैतिर एक अङ्गुल लामो बाटुलो छाँटको पात भएको र हाँगाको पछिल्लो भागमा बाङ्गो काँडो भएको वृक्षविशेष । यसको मुजुराको बीचमा हुने पाँच पत्र भएको पहेँलो फूल हुन्छ । यसका चार पत्रमा गुलाफी र एक पत्रमा गाढा रातो रङ्ग हुन्छ । पत्रका बीचमा स्त्री वा पुंकेशर र फलमा काँडो हुन्छ, जसभित्र सेतो गुदी भएका सिपी जस्ता एक दुईवटा बियाँ रहन्छन् ।