लप व्यक्तायां वाचि
अर्थ−
१. स्पष्ट बोल्नु ।
अनु-
१. अरुको अनुकरण गरी बोल्नु, यथामति बोल्नु,
२. प्रत्युत्तर दिनु ।
अप-
१. अस्वीकार गर्नु, मान्य नगर्नु ।
आ-
१. विचार गर्नु, सोध्नु,
२. आलाप गर्नु ।
प्र-
१. बकवास गर्नु, प्यारप्यार बोल्नु ।
प्रति-
१. प्राप्त हुनु, मिल्नु ।
वि-
१. रुनु, शोक गर्नु ।
विप्र-
१. भाषणको खण्डन गर्नु, प्रतिशेध गर्नु ।
सम्-
१. बोल्नु, भाषण गर्नु,
२. कपट गर्नु, छल गर्नु ।
प्रासङ्गिक्यः