ललन
ललनाप्रिय
ललना
ललना (स्त्रीलिङ्ग)
निष्पत्ति− लल (ईप्सायाम्) - "ल्युः" (३-१-१३४) । "युच्" (उ० २-७८) वा ।
व्युत्पत्ति− ललते
प्रयोग− "शठ नाकलोकललनाभिरविरतरतं रिरंसते"
उल्लेख− माघ० १५-८८
विस्तार− "प्रमदा मानिनी कान्ता ललना च नितम्बिनी" - अम०
अर्थ−
१. राम्री आइमाई,
२. जिभ्रो,
३. स्वेच्छाचारिणी आइमाई,
४. एक वर्णवृत्त, जसका प्रत्येक चरणमा भगण, मगण तथा दुई सगण हुन्छन् ।