संस्कृत-शब्दकोशः

ललामी ललितकला

ललित

ललित (विशेषण)


अर्थ−
१. राम्रो,
२. हल्लिएको,
३. खेलाडी,
४. कामुक,
५. प्यारो,
६. उत्तम,
७. कमलो ।


ललितम् (नपुंसकलिङ्ग)


अर्थ−
१. खेल,
२. सौन्दर्य,
३. कुनै पनि स्वाभाविक क्रिया,
४. भद्रता/भलादमीपन,
५. शृङ्गाररसमा राम्रो हुने किसिमले आँखीभौँ, आँखा र हातगोडा आदि अङ्ग चलाएर गरिने हावभाव,
६. कुनै चलिरहेको घटनालाई जस्ताको तस्तै वर्णन नगरेर अरू घटनाको उल्लेख गर्दा पर्न जाने एक काव्यालङ्कार,
७. एक वर्णवृत्त जसको प्रथम चरणमा क्रमैले सगण जगण सगण तथा लघु, दोस्रा चरणमा नगण, सगण,जगण तथा गुरु, तेस्रोमा नगण, सगण, सगण र चौथोमा सगण, जगण, सगण, जगण हुन्छन्,
८. प्रातःकालमा गाइने षाडव जातिको एक राग ।



Correction: