ललिता (स्त्रीलिङ्ग)
अर्थ−
१. राम्री/सुन्दरी,
२. आफूखुसी हिँड्ने आइमाई,
३. कस्तूरी,
४. नदीविशेष,
५. एक रागिनी,
६. राधाका प्रधान आठ सँगिनीहरूमध्ये एक,
७. एक वर्णवृत्त, जसका प्रत्येक चरणमा क्रमैले तगण, भगण, जगण, रगण, हुन्छन्,
८. एक देवी, यिनलाई पूर्वाम्नायअनुसार भुवनेश्वरीको भेद र ऊर्ध्वाम्नायअनुसार त्रिकुटात्मिका महात्रिपुरसुन्दरी मानिन्छ । (तान्त्रिकोपासनादर्पण) ।