संस्कृत-शब्दकोशः

लल् लवङ्ग

लव

लवः (पुंलिङ्ग)


अर्थ−
१. काट्ने क्रिया/काट्नु,
२. पाकेको अन्न काट्नु,
३. टुक्रा,
४. ऊन वा रौँ,
५. खेलबाड ,
६. कुशको फेदपट्टिको भाग,
७. रामको कान्छा छोरा,
८. विनाश,
९. लग्नको अंश,
१०. गणितमा भिन्नको माथिको राशि जस्तै ४/८ यहाँ ४ लाई लव भनिन्छ,
११. समय (काल)को एक परिभाषा - १) जुन दुई क्षणको एक लव मानिन्छ,
२) कमलको पातको तहलाई सियोले छेड्दा जति समय (एक-एक पात छेडिँदा) लाग्छ त्यत्ति मात्र समय । ‘क्षणद्वयं लवः प्रोक्तः’ (अमरकोशको रामाश्रमी टीका) ।

“नलिनीपत्रसंहत्यां सूक्ष्मसूच्यग्रभेदने ।। दले दले च यः कालः स कालो लववाचकः ।।” (अगस्त्यसंहिता) ।

“लवाक्षरचतुर्मार्गस्त्रुटिरित्यभिधीयते ।। त्रुटिद्वयं निमेषोक्तो निमिषस्तु लवद्वयम् ।।” (स्मृत्यन्तरे नि.सिं.) ।


लवम् (नपुंसकलिङ्ग)


अर्थ−
१. ल्वाङ,
२. जाइफल,
३. पहेँलो अगुरु ।



Correction: