लशुनम् (नपुंसकलिङ्ग)
अर्थ−
करिब १/२ अङ्गुल चौडा, डेढ दुई हात लामो तीखो टुप्पाको पात । सेतो पोटी पात (कन्द) हुने गन्ध आउने कन्द । यो सेतो पोटी हुने र गुलाफी रङ्गको पोटी हुने गरी दुई जातको हुन्छ । सेतोलाई लसुन र गुलाफीलाई छ्यापी भनिन्छ । यो सानो पात र पोटी नछुट्टिने तथा ठुलो पात र पोटी छुट्टिने गरी दुई थरी हुन्छ । पोटीको बीचबाट निस्केको सुइरोमा डल्ला हुन्छ जसभित्र कालो बियाँ हुने गर्छ । निघण्टुमा लसुनमा छ रसहरूमध्ये अमिलो रस हुँदैन, बाँकी पाँच रसहरू रहन्छन् भनिएको छ । जसमध्ये जरामा पिरो, डाँठमा टर्रो, पातमा तीतो, सुइरोमा वा पातको टुप्पामा नुनिलो र बियाँमा गुलियो हुन्छ । लसुन हरियो – ‘लतार्कः’ (पुं.) ।
लशुनः (पुंलिङ्ग)
अर्थ−
करिब १/२ अङ्गुल चौडा, डेढ दुई हात लामो तीखो टुप्पाको पात । सेतो पोटी पात (कन्द) हुने गन्ध आउने कन्द । यो सेतो पोटी हुने र गुलाफी रङ्गको पोटी हुने गरी दुई जातको हुन्छ । सेतोलाई लसुन र गुलाफीलाई छ्यापी भनिन्छ । यो सानो पात र पोटी नछुट्टिने तथा ठुलो पात र पोटी छुट्टिने गरी दुई थरी हुन्छ । पोटीको बीचबाट निस्केको सुइरोमा डल्ला हुन्छ जसभित्र कालो बियाँ हुने गर्छ । निघण्टुमा लसुनमा छ रसहरूमध्ये अमिलो रस हुँदैन, बाँकी पाँच रसहरू रहन्छन् भनिएको छ । जसमध्ये जरामा पिरो, डाँठमा टर्रो, पातमा तीतो, सुइरोमा वा पातको टुप्पामा नुनिलो र बियाँमा गुलियो हुन्छ । लसुन हरियो - ‘लतार्कः’ (पुं.) ।