लाङ्गलम् (नपुंसकलिङ्ग)
अर्थ−
१. हलो,
२. हलोको छाँटको वस्तु,
३. अर्द्धचन्द्रमाको सीङ जस्तो रूप,
४. पुरुषको जननेन्द्रिय,
५. ताडको रूख,
६. फूलविशेष,
७. मासु/मांस,
८. हलोको ठुटो, जसमा फाली रहन्छ । ‘लाङ्गलं दण्डिकायूपं योक्त्रद्वयसमन्वितम्’ (स्मृतितत्त्व, प्रथमभाग) ।