संस्कृत-शब्दकोशः

लिगु लिङ्गक

लिङ्ग

लिङ्गम् (नपुंसकलिङ्ग)


निष्पत्ति− लिगि (गतौ) - "घञ्" (३-३-१२१)
प्रयोग− "यतर्तुलिङ्गान्यृतवः स्वयमेवर्तुपर्यये । स्वानि स्वान्यभिपद्यन्ते तथा कर्मणि देहिनः ॥"
उल्लेख− मनु० १-३०

अर्थ−
१. चिह्न/चिनु/निसान,
२. पुरुषको मूत्रेन्द्रिय / लिङ्ग,
३. बनावटी चिह्न,
४. देवमूर्ति वा प्रतिमा,
५. रोगको लक्षण,
६. प्रमाण,
७. स्त्री वा पुरुष छुट्टाउने चिह्न,
८. शरीर नाश भएपछि कर्म भोग गर्ने जीव,
९. व्याकरणमा शब्दको पुरुष - स्त्री वा नपुंसक छुट्टाउने लक्षण वा चिह्न,
१०. न्यायशास्त्रमा त्यो चिज जसबाट कुनै वस्तु उत्पन्न हुन्छ,
११. साङ्ख्यशास्त्रअनुसार मूल प्रकृति,
१२. मीमांसाशास्त्रअनुसार उपक्रम, उपसंहार, अभ्यास, अपूर्वता, अर्थवाद, उपपत्ति यी छ वटा लक्षण,
१३. लिङ्गपुराण,
१४. स्कन्दपुराणअनुसार सतीवियोगी शिव नाङ्गोरूपमा आनर्तदेशको ऋषि आश्रममा पुगे, शिवको रूप देख्दा ऋषिपत्नीहरू कामान्ध भएर शिवको पछि लागे, यसैले रिसाएका ऋषिहरूले लिङ्ग झरोस् भनी शिवलाई सरापे । पछि झरेको लिङ्गलाई शिवको रूपमा स्थापना गरी पूजा गर्ने प्रथा ब्रह्माबाट चलाइयो, शिवद्वारा पनि लिङ्गपूजा गर्नु पर्छ भनियो । जुन शिवलिङ्गमा इन्द्रसहित सम्पूर्ण देवता लीन हुन्छन् र जसबाट सम्पूर्ण देवता उत्पन्न हुन्छन्, त्यस्तो शिवको अङ्गलाई पनि लिङ्ग भनिन्छ,
१५. आँखा वा दृष्टिको तेज । लिङ्गको मयल - मूत्रेन्द्रियको मयल- ‘पुष्पिका’ (स्त्री.), लिङ्गको टुप्पो- ‘मणिः’ (पुं.) ।

“अथ ते मुनयो दृष्ट्वा तं तथा विगताम्बरम् ।। कामोद्भवकरं स्त्रीणां प्रोचुः कोपारुणेक्षणाः ।। यस्मात्पाप ! त्वयाऽस्माकमाश्रमोऽयं विडम्बितः ।। तस्माल्लिङ्गं पतत्वाशु तवैव वसुधातले ।। ऋषिशापान्निपतितं मम लिङ्गमनुत्तमम् ।। तस्माल्लिङ्गं पूजयत सर्वकामार्थसिद्धये ।। लयनाल्लिङ्गमित्याहुः सर्वे देवाः सवासवाः ।। सर्वे देवाश्च सम्भूता यतो देवस्य शूलिनः ।। (स्कन्दपुराण, नागरखण्ड)



Correction: