संस्कृत-शब्दकोशः

लीनता लीलाकमल

लीला

लीला (स्त्रीलिङ्ग)


निष्पत्ति− लीङ् (श्लेषणे) - "क्विप्" (वा० ३-३-९४) । ला (आदाने) - "कः" (३-२-३)
व्युत्पत्ति− लियं लाति
प्रयोग− "क्लमं ययौ कन्दुकलीलयापि या तया मुनीनां चरितं व्यगाहत"
उल्लेख− कुमा० ५-१९

अर्थ−
१. मनोरञ्जनको लागि गरिने काम/ खेलबाड ,
२. प्रेमले गरिने खेलबाड,
३. खुसीयाली,
४. बहाना,
५. सौन्दर्य,
६. समानता,
७. देवताले मानिस आदिको रूप लिएर गरिने चरित्र,
८. अनौठो काम,
९. एक मात्रिक छन्द जसमा बाह्र मात्राहरू हुन्छन् तथा अन्त्यमा एक जगण रहन्छ,
१०, एक वर्णवृत्त जसको प्रत्येक चरणमा क्रमैले भगण, नगण तथा एक गुरु हुन्छ,
११. सात, सात, सात तथा तीनको विरामबाट चौबीस मात्राहरूको एक छन्द जसको अन्त्यमा एक सगण हुन्छ,
१२. साहित्यमा नायिकाको एक भाव, जसमा उसले नायकको भेष वा बोलचालको नक्कल गर्छ ।



Correction: