लीलावती (स्त्रीलिङ्ग)
अर्थ−
१.खेलबाड गर्ने आइमाई,
२. राम्री आइमाई,
३. व्यभिचारिणी आइमाई,
४. दुर्गा,
५. प्रसिद्ध ज्योतिर्विद् भास्कराचार्यकी छोरी । यिनैको नामबाट लीलावती नामको गणितसम्बन्धी प्रसिद्ध ग्रन्थ लेखिएको छ,
६. सम्पूर्ण जातिको एक रागिनी,
७. एक मात्रिक छन्द, जसमा ८,
१० तथा १४ मा विराम हुन्छ र जम्मा ३२ मात्राहरू हुन्छन् ।