वज्रः (पुंलिङ्ग)
अर्थ−
१. प्राचीनकालीन लडाइँको व्यूह रचनाविशेष,
२. कुश,
३. तान्त्रिक वा बौद्धमार्गीले सङ्कल्प गर्दा हातमा लिने कुशको रूपमा प्रयोग गरिने धातुको सामानविशेष,
४. सुगन्धवाल ।
वज्रः (पुंलिङ्ग)
अर्थ−
१. हीरा,
२. हीरा काट्ने औजार,
३. काञ्जी,
४. ठुलो आवाज र बिजुलीको साथ आकाशबाट खस्ने पत्थर/ चट्याङ पर्दाको पत्थर,
५. पुराणअनुसार दधीचि नामका ऋषिको करङबाट विश्वकर्माले बनाएको इन्द्रको मुख्य हतियार । यो सय हात लामो, बीचमा झिनो, अगल - बगल चाक्लो र डरलाग्दो छाँटको हुन्छ । महाभारतअनुसार वृत्रासुरलाई मार्न इन्द्रले वज्र बनाउन लगाए, वृत्रासुरको टाउकोमा वज्र लाग्दा दश टुक्रा भएर वज्र फुट्यो र अनेक भागमा बाँडियो । बाँडिएको भागको देवताहरूले उपासना गरे । लोकमा उत्कृष्ट धन, यश, कीर्ति आदि जुन कुनै वस्तुहरू छन् ती सबै वज्रको स्वरूप मानिएका छन् । अग्निमा आहुति दिने ब्राह्मणको दाहिने हात वज्र, क्षत्रियको रथ वज्र, वैश्यले गरिने दान वज्र र शूद्रले गरिने सेवा वज्र मानिन्छ ।
“शतहस्तप्रमाणं तत् षडस्त्रि च सुराधिप ।। मध्ये क्षामं तु पार्श्वाभ्यां स्थूलं रौद्रसमाकृतिः ।। शतहस्तप्रमाणोऽसौ न च जीवोऽस्ति तादृशः ।। त्वां मुक्त्वा ब्राह्मणश्रेष्ठ ! तस्मादस्थीनि यच्छ नः ।। स्वकीयानि भवेद्येन वज्रं तस्य विनाशकम् ।।” (स्कन्दपुराण, नागरखण्ड ८/४८ - ८४ - ८५)
“पुराकृतं महेन्द्रस्य वज्रं वृत्रनिबर्हणम् । दशधा शतधा चैव तच्छीर्णं वृत्रमूर्धनि ।। ततो भागीकृतो देवैर्वज्रभाग उपस्थिते । लोके यशश्च धर्मश्च सैव वज्रतनुः स्मृतम् । वैश्या वै दानवज्राश्च कर्मवज्रा यवीयसः ।।” (महाभारत, आदिपर्व १९६/५० - ५१ - ५२)
वज्रम् (नपुंसकलिङ्ग)
अर्थ−
१. इस्पात फलाम,
२. अभ्रक,
३. कठोर भाषा ।