वत् (अव्यय)
अर्थ−
१. जस्तो, समान भन्ने अर्थ बुझाउँदा अर्को कुनै शब्दसँग जोडिएर प्रयोग हुने प्रत्यय, जस्तै - रामवत् (रामजस्तै) गोवत् (गाई जस्तै) पशुवत् (पशुजस्तो),
२. संस्कृत व्याकरणको तद्धितमा मतुप् प्रत्ययको वत्त्व भएर हुने रूप, तर यो लाग्दा विशेषण हुन जान्छ, जस्तै - गुणवत् शब्दको प्रथमा विभक्तिको एक वचनमा गुणवान् - यस्तो रूप हुन्छ । यसको अर्थ गुणी भन्ने हुन्छ । त्यस्तै– धनवत्
वत् (पुंलिङ्ग)
अर्थ−
१. बित्नु,
२. बिट् ।