वरिष्ठ (विशेषण)
अर्थ−
१. सबैभन्दा उत्तम,
२. सबैभन्दा लामो वा चाक्लो,
३. सबैभन्दा गरुङ्गो ।
वरिष्ठः (पुंलिङ्ग)
अर्थ−
१. तित्रोचरो,
२. चाक्षुष मनुका छोरा,
३. उत्तम ऋषि,
४. धर्मसावर्णि मन्वन्तरका सप्तर्षिमध्ये एक ।
वरिष्ठम् (नपुंसकलिङ्ग)
अर्थ−
१. तामो धातु,
२. मरीच,
३. खुर्सानी,
४. सुन्तलाको बोट ।