वर्णकः (पुंलिङ्ग)
अर्थ−
१. अभिनेताको पोसाक,
२. रङ्ग वा रोगन,
३. बुकुवा,
४. भाट / बन्दीजाति,
५. चन्दन,
६. चित्रकार,
७. वास्तविक रूप छिपाउन माथिबाट पहिरने लुगा वा रूप आदि ।
वर्णकम् (नपुंसकलिङ्ग)
अर्थ−
१. रङ्ग,
२. हरिताल,
३. चन्दन,
४. ग्रन्थको अध्याय,
५. देवतामा चढाइने बुकुवा वा अङ्गराग ।