वादः (पुंलिङ्ग)
अर्थ−
१. कुनै तत्त्व वा तथ्यको निधो गर्न गरिने तर्क सङ्गत छलफल,
२. तत्त्वज्ञहरूद्वारा निश्चित कुनै मत वा सिद्धान्त अथवा कुनै प्रकारको विचारधारा वा कार्यप्रणाली,
३. बहस,
४. अदालतमा दर्ता गरिएको मुद्दा,
५. कुराकानी,
६. वचन,
७. बयान,
८.शास्त्रार्थका तीन भेदमध्ये एक, जसमा तत्त्वनिर्णयको उद्देश्यले शुद्ध विचारबाट शास्त्रार्थ गरिन्छ,
९. उत्तर/जवाफ,
१०. कुनै लेखको टीका,
११. झगडा,
१२. अफवाह,
१३. ध्वनिको गुञ्जन ।