संस्कृत-शब्दकोशः

वाय्यास्पद वारक

वार

वाः (नपुंसकलिङ्ग)


अर्थ−
पानी । (वार्) ।


वारः (पुंलिङ्ग)


अर्थ−
१. ढकना,
२. मानिस वा पशुपन्छीको ठुलो जमात,
३. रास / थुप्रो,
४. शिव,
५. नदी वा समुद्र किनार,
६. ढोका,
७. काँड, बाण,
८. मौका / अवसर,
९. पटक / दफा,
१०. रोक/ रोकावट,
११. आइतवार, सोमवार आदि दिनको नाम, जसमा दिनमानलाई साठीमा घटाउँदा रात्रिमान हुन्छ । रात्रिमानलाई आधा गरी दिनमानमा जोड्नु, त्यसमा अरू पन्ध्र जोड्नु र त्यसमा साठी घटाउँटा निस्केको वेला वार लाग्ने हुन्छ । भनाइ छ-

“निशाध दिनमानं च युक्तं पञ्चेन्दुभिस्तथा ॥
वारप्रवृत्तिर्विज्ञेया सूर्यसिद्धान्तसम्मता ॥”

(बृहज्ज्योतिषसार)


वारम् (नपुंसकलिङ्ग)


अर्थ−
१. रक्सी पिउने भाँडो,
२. पानीको जमात ।



Correction: