संस्कृत-शब्दकोशः

वाल्मीक वाल्मीकिविद्यापीठ

वाल्मीकि

वाल्मीकिः (पुंलिङ्ग)


निष्पत्ति− "इञ्" (४-१-९५)
व्युत्पत्ति− वल्मीके भवः वल्मीकस्यापत्यं वा
प्रयोग− "वाल्मीकेररहितरामलक्ष्मणानां साधर्म्यं दधति गिरां महासरस्यः"
उल्लेख− माघ० ४-५९

अर्थ−
रामायणको रचना गर्ने एक आदिकवि, जसका पिताको नाम सुमति, माता - कौशिकी थियो । वाल्मीकिको पहिलेको नाम अग्निशर्मा थियो । स्क. पु. प्र. क्षेत्र २७८ अ. मा वाल्मीकिको नाम वैशाख र पिताको नाम शमीमुख लेखिएको छ । अटल बसेर रामनामको जप गर्दागर्दै यिनको शरीरमा धमिराले गोलो लगाउँदा माटाको ढिस्काले यिनको शरीर ढाकियो र पछि सोही ढिस्कोबाट निस्केकाले वाल्मीकि नाम रहन गयो । धमिराले गराएको माटाको ढिस्कालाई वल्मीक भनिन्छ ।

“वल्मीकेर्जातः” यस अर्थमा ‘तत्र जातः’ ले अण् हुँदा वाल्मीकः हुन्छ । वल्मीकस्य अपत्यम् यस अर्थमा ‘तस्यापत्यम्’ लाई बाँधेर ‘अत इञ्’ ले इञ् हुँदा ‘वाल्मीकिः’ यस्तो हुन्छ । वाल्मीकि प्रचेता ऋषिका छोरा भन्ने पनि छ । भनाइ छ-

“आसीद् व्यास ! पुरा विप्रः सुमतिर्भृगुवंशजः । रूपयौवनसम्पन्ना तस्य भार्या च कौशिकी ॥
तस्य पुत्रः समुत्पन्नो ह्यग्निशर्मेति नामतः । वाल्मीकेऽस्मिन् स्थितः पुत्रो यतस्त्वमेकचित्ततः ॥
वाल्मीकिरिति ते नाम भुवि ख्यातं भविष्यति ॥”

(स्क.पु.) ।



Correction: