वितर्कः (पुंलिङ्ग)
अर्थ−
१. कुनै तर्कको उत्तरमा दिइने अर्को तर्क,
२. सन्देह/शङ्का,
३. विचार,
४. अनुमान,
५. बहस,
६.व्यर्थको तर्क,
७. त्यस्तो अर्थालङ्कार, जसमा कुनै प्रकारको सन्देह वा व्यर्थको बहस हुन्छ तर निर्णय केही पनि हुँदैन,
८. योगशास्त्रमा यम नियम आदि छुट्याउन लागेमा प्रतिपक्षको भावना गर्नु जसमा आफैं गरिएको, अरूद्वारा गराइएको, अरूले गरेको देखेर अनुमोदन गरिएको, यसरी तीन किसिमले हुने हिंसा, झुट, चोरी, व्यभिचार आदि दुर्गुण, जसले यम, नियम आदि योगाङ्गमा बाधा गर्छ । वितर्कबाट हुने दोष - कहिले लोभले, कहिले रिसले, कहिले मोहले, कहिले सानो रूपमा, कहिले मझ्यौला रूपमा, कहिले भयङ्कर रूपमा साधकका सामु आएर वितर्कले दुःख र अज्ञान रूप फल दिने (अर्थात् नीच योनिमा पार्ने) हुन्छ ।