विदल (विशेषण)
अर्थ−
१. दल नभएको,
२. चिरिएको,
३. (फूल) फुलेको / फक्रेको ।
विदलः (पुंलिङ्ग)
अर्थ−
१. चना, मुग, मास आदि अन्न दल्नु,
२. चिर्नु,
३. चना,
४. चना, केराउ, मूङ आदि अन्नलाई पानीमा भिजाएर पिस्नु/ पिठो ।
विदलम् (नपुंसकलिङ्ग)
अर्थ−
१. बाँसको चोयाको टोकरी,
२. अनारको बोक्रो,
३. हाँगो,
४, कुनै वस्तुको टुक्रो,
५. सुन,
६. रातो रङ्गको सुन ।