संस्कृत-शब्दकोशः

विधाविका विधिक

विधि

विधिः (पुंलिङ्ग)


निष्पत्ति− वि + डुधाञ् (धारणपोषणयोः) - "किः" (३-३-९२)
व्युत्पत्ति− विधत्ते
प्रयोग− "तदेनमुल्लङ्घितशासनं विधेविधेहि कीनाशनिकेतनातिथिम्"
उल्लेख− माघ० १-७३

अर्थ−
१. कुनै काम गर्ने तरिका,
२. व्यवस्था/प्रबन्ध,
३. कुनै शास्त्र वा प्रामाणिक ग्रन्थ आदिमा लेखिएको नियम,
४. होम, पूजा आदि गर्ने धर्मशास्त्रको नियम,
५. व्याकरणमा क्रियाको त्यो रूप जसद्वारा कसैलाई कुनै काम गर्ने आज्ञा दिइन्छ,
६. मानिसहरूको आचार व्यवहारको लागि राज्यद्वारा बनाइएको त्यस्तो नियम जसको पालन सबैले गर्नु पर्छ र जुन नगर्दा सजाय दिइन्छ/कानुन,
७. प्रकृति,
८. व्यवहार,
९. समय,
१०. भाग्य,
११. सृष्टि,
१२. ब्रह्मा,
१३. विष्णु,
१४. कुनै काम गर्न/नगर्न निर्देशन गर्ने वाक्य जो अपूर्वविधि, नियमविधि र परिसङ्ख्याविधि गरी तीन प्रकारको हुन्छ ।



Correction: