विलोभनम् (नपुंसकलिङ्ग)
अर्थ− १. लोभ देखाउनु,२. मोहमा पार्नु,३. चाप्लूसी,४. मुख सन्धिको बाह्र अङ्गहरूमध्ये त्यो अङ्ग जसमा नायकको मन नायिकातिर वा नायिकाको मन नायकतिर आकृष्ट गर्न गुणहरूको वर्णन गरिन्छ । ‘गुणाख्यानं विलोभनम्’ (साहित्यदर्पण) ।