विवस्वान् (पुंलिङ्ग)
अर्थ−
१. सूर्य,
२. आँकको रूख,
३. सूर्यको सारथि अरुण,
४, देवता,
५. कश्यपले अदितिबाट जन्माइएका पन्ध्रौं प्रजापति । जसका यमराज र वैवस्वत गरी दुई छोरा जन्मिए ।
“विवस्वतः सुतो जज्ञे यमो वैवस्वतः प्रभुः ॥
मार्तण्डस्य मनुर्धीमानजायत सुतः प्रभुः ॥”
(महाभारत, आदिपर्व ७५/१२) । (विवस्वत्) ।