विवहः (पुंलिङ्ग)
अर्थ−
१. अग्निका सातजिब्रामध्ये एक,
२. सातवायुमध्ये पाँचौं वायु जसले रुखो भावले वेगसाथ वहँदै रूख भाँच्ने, उखेल्ने गर्छ जससँग मिल्दा प्रलयकालीन मेघको वलाहक नाम हुन गयो जसको प्रवाह भयानक उत्पात गर्ने हुन्छ, जो आफ्नो साथ मेघहरूको घटा लिएर बहन्छ । (नारदपुराण) ।