विवाहः (पुंलिङ्ग)
अर्थ−
सनातन धर्मअनुसार १६ संस्कारमध्ये चौधौं, त्यस्तो धार्मिक वा सामाजिककर्म जसमा आ-आफ्नो धर्म, समाजमा बाधा नपर्ने गरी एकजनाकी छोरी अर्काका छोरालाई दिएर वा आ-आफ्नो इच्छाले पतिपत्नीको रूपमा सम्बन्ध जोडिन्छ । सनातन धर्मअनुसार विवाहका आठ भेद छन् - ब्राह्म, दैव, आर्ष, प्राजापत्य, आसुर, गान्धर्व, राक्षस र पैशाच, ‘ब्राह्मो, दैव आर्षः प्रजापत्य आसुरो गन्धर्वो राक्षसः पैशाच इत्यष्टौ विवाहाः’ । (धर्मसिन्धु) ।