विशेषः (पुंलिङ्ग)
अर्थ−
१. अनौठोपन,
२. फरक / भिन्न,
३. किसिम / प्रकार,
४. साधारणभन्दा अर्कै रूपको र केही अगाडि बढेको,
५. कुनै विश्वमा उसको स्पष्टीकरणका लागि अथवा आफ्नो सम्मतिको रूपमा भनिने कुरा,
६. उत्तमपन,
७. विचित्रपन,
८.मनासिब,
९. अङ्ग/अवयव,
१०. वस्तु/चिज,
११. तिलको बोट,
१२. वैशेषिक दर्शनअनुसार सात प्रकारका पदार्थहरूमध्ये एक,
१३. साहित्यमा एक अलङ्कार जसमा विनाआधारको आधेय थोरै परिश्रमबाट धेरैको प्राप्ति वा एकै वस्तुबाट अनेक ठाउँमा वर्णन हुन्छ,
१४. योगशास्त्रमा पञ्चतत्त्व, पञ्चज्ञानेन्द्रिय, पञ्चकर्मेन्द्रिय, मनसमेत सोह्र गुण ।
विशेष (विशेषण)
अर्थ−
१. विलक्षण/अरूभन्दा फरक,
२. ठुलो वा चौडा ।