संस्कृत-शब्दकोशः

विषभुजङ्ग विषमकर्ण

विषम

विषम (विशेषण)


अर्थ−
१. समान वा एक नासको नभएको,
२. त्यस्तो सङ्ख्या जसलाई दुईले भाग गर्दा निःशेष हुन सक्तैन,
३. नियम नभएको,
४. ज्यादै कठिन,
५. सहजमा नबुझिने,
६. ज्यादै तेजिलो,
७. डरलाग्दो,
८. पसाल्न नसकिने,
९. मसिनो नभएको/ मोटो,
१०. टेढो / बाङ्गो,
११. दुःख दिने,
१२. उल्टो,
१३. अनौठो,
१४. चलाख,
१५. बेइमान ।


विषमः (पुंलिङ्ग)


अर्थ−
१. विष्णु,
२. चारथरी जठराग्निहरूमध्ये एक ।


विषमम् (नपुंसकलिङ्ग)


अर्थ−
१. समानता नहुनु एकनासको नहुनु,
२. अनौठोपन,
३.खाल्टो/खाडल,
४. आपत्ति/दुःख,
५. सङ्गीतमा एक तालको भेदविशेष,
६. चारै चरणमा एकनासको अक्षर हुने छन्दोविशेष,
७. एक अर्थालङ्कार । हेतु र कार्यका गुण र क्रिया विरुद्ध भएको वर्णन गरिएमा, आरब्ध कार्य विफल भएको र अनर्थ उत्पन्न भएको देखाइएमा तथा परस्परविरोधी विषयको मेल भएको वर्णन भएमा विषम अलङ्कार हुन्छ ।

“गुणौ क्रिये वा यत्स्यातां विरुद्धे हेतुकार्ययोः ॥
यद्वारब्धस्य वैफल्यमनर्थस्य च संभवः ॥
विरूपयोः सङ्घटना या च तद्विषमं मतम् ॥”

८. पहिलो, तेस्रो, पाँचौं आदि विषम सङ्ख्याहरूमा पर्ने राशिहरू ।



Correction: