विषुवम् (नपुंसकलिङ्ग)
अर्थ−
दिनरात बराबर हुने त्यो समय जब सूर्य विषुवत् रेखामा रहन्छन् । यो प्रायः २१ मार्च र २२ सितम्बरका दिन हुन आउँछ तर गतेको हिसाबमा एकै दिनमा सालबसाल पर्दैन, दुई-चार दिन अघिपछि पर्न जान्छ । द्विरूपकोशबाट विशुवं यस्तो तालव्य शकार पनि हुन्छ । ‘समरात्रिन्दिवे काले विषुवद्विषुवं च तत्’ (अमरकोश) ।