संस्कृत-शब्दकोशः

विष्टम्भी विष्टरश्रवा

विष्टर

विष्टरः (पुंलिङ्ग)


निष्पत्ति− वि + स्तृ (आच्छादने) - "स्त्रः" षत्वं च निपा० (८-३-९३)
व्युत्पत्ति− विस्तीर्यते
प्रयोग− "महामहानीलशिलारुचः पुरो निषेदिवान् कंसकृषः स विष्टरे"
उल्लेख− माघ० १-१६

अर्थ−
१. रूख/वृक्ष,
२. आँकको रूख,
३. बस्नका लागि बनाइएको बेत/ बाँस वा धातु आदिको मुडा/कुर्सी बेन्च आदि बसिने सामान,
४. यज्ञमा ब्रह्माको आसन,
५. कुशको मुठो, ‘विष्टरो विष्टपी दर्भमुष्टिः पीठाद्यमासनम्’ अमरकोश,
६. पच्चीसवटा वा गन्ती नगरिएको कुशको त्यस्तो आसन जसमा बायाँतिरबाट घुमाएर शिखा पारिएको टुप्पा लामो अर्थात् अगाडितिर रहने गराइन्छ । सत्ताइस कुशहरूको चुल्ठो बनाएर चुल्ठोको अग्रभागमा गाँठो पार्दै बनाएको आसनविशेष,
७. शवासनको अभावमा प्रयोग गरिने शवप्रतिनिधिरूप गर्ने कुशको आसनविशेष,
८. जसमा हातगोडाको लागि १०/१० मा, हृदयमा - ८, टाउकोमा - २०मा, गुह्य, जिब्रो, मुख, दाँत नाक, कान, स्तन, लिङ्ग, अण्डकोश ४/४ गरी - ३६ वटा कुश हुनुपर्छ ।

“पञ्चाशत्कुशको ब्रह्मा तदर्धेन तु विष्टरः ॥
ऊर्ध्वकेशो भवेद् ब्रह्मा लम्बकेशस्तु विष्टरः ॥
दक्षिणावर्तको ब्रह्मा वामावर्तस्तु विष्टरः ॥
दर्भसंख्या न विहिता विष्टरास्तरणेषु च ॥”

(संस्कारदीपक १/२८ - २६) ।

“सप्तविंशतिदर्भाणां वेण्याग्रे ग्रन्थिभूषितः ॥
विष्टरः सर्वयज्ञेषु लक्षणं परिकीर्तितम् ॥”

(पुरश्चर्यार्णव १/२५८) ।

“हस्ते पादे दश-दशमिता दिग्युगं हृत्सरोजे, विंशत्संख्या सकलवरदे मस्तके कीर्तिताश्च ॥
गुह्ये जिह्वावदनरदने घाणकर्णस्तनेषु, लिङ्गे चाण्डे युगपरिमिता योजनीयाः कुशाश्च ॥”

(पुरश्चर्यार्णव ३/८)



Correction: