वीरः (पुंलिङ्ग)
अर्थ−
१. वीर रस,
२. बहादुरपन,
३. लडाकु/खुब लड्न सक्ने,
४. अग्नि,
५. यज्ञको अग्नि,
६. छोरो/पुत्र,
७. पति/ लोग्ने,
८. विष्णु,
९.खरीको रूख,
१०. लुँडे झार,
११. रानीगीठो,
१२. एक्लेवीर,
१३. काहुलो,
१४. आरु,
१५. सिन्दूर,
१६. फलाम,
१७. पुष्करमूल,
१८, बहादुर वा बलियो पुरुष,
१९. उत्साह वा साहसको काम गर्ने व्यक्ति,
२०, भाइ, छोरा वा पतिलाई सम्बोधन गरिने शब्द,
२१. वीररस, यसको स्थायिभाव उत्साह हुन्छ । यसका देवता इन्द्र हुन् । यो सुनौलो वर्णको हुन्छ । शत्रु यसका आलम्बन विभाव हो । शत्रुका चेष्टा यसका उद्दीपन विभाव मानिन्छन् । सहायको खोजी आदि यसका अनुभाव हुन् । धैर्य, गर्व, स्मृति, रोमाञ्च आदि यसका व्यभिचारिभाव हुन् । यो रस चार किसिमको हुन्छ । धर्मवीर, दानवीर, युद्धवीर र दयावीर-
“उत्तमप्रकृतिर्वीर उत्साहस्थायिभावकः ॥
महेन्द्रदैवतो हेमवर्णोऽयं समुदाहृतः ॥
आलम्बनविभावास्तु विजेतव्यादयो मताः ॥
विजेतव्यादिचेष्टाद्यास्तस्योद्दीपनरूपिणः ॥
अनुभावास्तु तत्र स्युः सहायान्वेषणादयः ॥
सञ्चारिणस्तु धृति - मति - गर्व - स्मृति - तर्क - रोमाञ्चाः ॥”
२२. तन्त्रमा वीरभाव,
२३. जैनीहरूका देवता,
२४. काम गर्न सिपालु मानिस,
२५. पहेंलो, कटसरैया,
२६. करवीर,
२७. कुबेराक्ष,
२८. खरीको रूख,
२९. कुश,
३०. ऋषभकबुटी,
३१. पाटे घिरौंलो,
३२. काकचुच्चे ।
वीर (विशेषण)
अर्थ−
१. बलियो,
२. बहादुर ।
वीरम् (नपुंसकलिङ्ग)
अर्थ−
१. नर्कट,
२. मरीच,
३. खसको जरा/उशीर,
४. काञ्जी ।
हेरौँ- वीर् धातु