संस्कृत-शब्दकोशः

वृद्धावस्था वृद्धिकर्म

वृद्धि

वृद्धिः (स्त्रीलिङ्ग)


निष्पत्ति− वृधु (वृद्धौ) - "क्तिन्" (३-३-९४)
प्रयोग− "वृद्धिसङ्कोचविषमा गतागतसहायिनी । नियतिः केन लङ्घ्येत निजच्छायानुकारिणी ॥"
उल्लेख− याद० १६-१२२

अर्थ−
१. बढ्ने क्रिया/बढ्ती,
२. बुढो हुने क्रिया वा भाव,
३. व्याज/सूद,
४. सन्तान जन्मेमा नातेदारलाई लाग्ने सूतक वा आशौच,
५. अभ्युदय / उन्नति,
६. तलब आदि बढ्नु,
७. फलितज्योतिषमा २७ योगहरूमध्ये एघारौं योग,
८. चन्द्रकलाको बढ्ती,
९. धनको बढ्ती,
१०. धनसम्पत्ति,
११. रास/राशि/थुप्रो,
१२. नाफा/मुनाफा,
१३. अण्डकोश बढ्ने रोग,
१४. राजस्व बढ्नु,
१५. बल बढ्नु,
१६. बुटीविशेष/ वृद्धिनामक औषधि नेपाली भाषामा यसलाई सतुवा भन्दछन् ।



Correction: