वृषली (स्त्रीलिङ्ग)
अर्थ−
१. नछुने हुँदा पनि विवाह नगरिएकी कन्या,
२. नछुने भएकी आइमाई,
३. बाँझी आइमाई/बच्चा नपाउने आइमाई,
४. परपुरुषसँग प्रेम गर्ने आइमाई,
५. मरेको बच्चा पाउने आइमाई,
६. शूद्रजातकी आइमाई ।
“पितुर्गेहे च या नारी रजः पश्यत्यसंस्कृता ॥
भ्रूणहत्या पितुस्तस्याः सा कन्या वृषली मता ॥”
(स्मृतिविशेष)
“वेश्याऽसती च दासी च कुमारी स्याद्रजस्वला ॥
या च सङ्ग्रहणी भार्या, वृषल्यः पञ्च संस्मृताः ॥”
(स्मृतिविशेष)