संस्कृत-शब्दकोशः

वेकट वेगगा

वेग

वेगः (पुंलिङ्ग)


निष्पत्ति− ओ विजी (भयचलनयोः) - "घञ्" (३-३-१८)
प्रयोग− "खेदायतश्वसितवेगनिरस्तमुग्धमूर्धन्यरत्ननिकरैरिव हास्तिकानि"
उल्लेख− माघ० ५-३०

अर्थ−
१. ज्यादै छिटो गति,
२. छिटोपन,
३. मलमूत्र आदि शरीरबाट निस्कने क्रिया,
४. नदी आदिको बग्ने क्रिया,
५. उद्योग/उद्यम,
६. कुनै काम गर्ने पक्का प्रतिज्ञा,
७. प्रसन्नता/ आनन्द,
८. न्यायशास्त्रमा चौबीस गुणहरूमध्ये एक,
९.छिटोपन/ शीघ्रता,
१० बल / तागत,
११. हतपत,
१२. रगतको साथमा ओखती वा विषहरू फैलनु,
१३. धनुकाँडको लडाइँ,
१४. प्रेम,
१५. भित्री भाव प्रकट गर्नु,
१६. वीर्यपात ।



Correction: